मोहन विक्रम सिंहको अपिल : कम्युनिष्ट आन्दोलन बचाउने हो भने मेरी श्रीमतीलाई जिताईदिनुहोस

लाइट नेपाल

काठमाडौं, २१ मंसिर । अर्धभुमिगत नेता मोहन विक्रम सिंहले आफ्नी पत्नी दुर्गा पौडेललाई विजयी गराउनकोलागि प्युठानवासी जनतासामू आग्रह गरेका छन् । मतदान सुरु हुनेवित्तिकै मार्मिक चिठ्ठी जारी गर्दै उनले यस्तो अपिल गरेका हुन् ।

हुन त यतिवेला दाह्री–कपाल फुलेर ८२ वर्षीय मोहनविक्रम सिंह सेताम्य छन् । धेरैजसो दाँत झरिसके। पातलो शरीरका उनको अनुहारमा चाउरीले ढाकेको छ । झिमरुक गाउँपालिका–५ ओखरकोट प्युठान स्थायी घर भएका नेकपा मसालका महामन्त्री सिंह यो उमेरमा पहिलोपल्ट संसदीय चुनावको प्रचारमा लागेका थिए ।
उमेरले आफूभन्दा ३७ वर्ष कान्छी पत्नी दुर्गा पौडेलको मायाले उनलाई तानेको छ । केही दिनअघिसम्म पनि उनी भोट माग्न प्युठानका गाउँघर डुल्दै हिँडेका थिए । मसालको संसदीय मोर्चा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष रहेकी उनकी पत्नी त्यहाँ वाम गठबन्धनका तर्फबाट उम्मेदवार छिन् ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com