स्याङ्जामा वाम गठबन्धनकी उम्मेदवार पद्मा अर्यालमाथि आक्रमण, कांग्रेसले बुथ कब्जा गरेर चार मतदान केन्द्रमा एकलौटी मतदान

सिर्जना

 

स्याङजा, २१ मंसिर । स्याङजामा चारवटा मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरेर एकलौटी मतदान गरेका छन् ।
मल्याकोट मतदानकेन्द्रमा बुथ कब्जा भइरहेको सुनेपछि रोक्न पुगेकी एमाले उम्मेदवार पद्मा अर्यालमाथि आक्रमण भएको छ । उनीमाथि ढुंगामुढा प्रहार भएको हो । स्याङजाको चापाकोट नगरपालिकाका चार वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले एकलौटी मतदान गरेका छन् ।

शिक्षामन्त्री गोपालमान श्रेष्ठको अगुवाइमा प्रहरी प्रशासन र निर्वाचन कर्मचारीकै मिलेमतोमा बुथ कब्जा गरिएको बाम गठबन्धनले आरोप लगाएका छन् । बामगठबन्धनकी उम्मेदवार पद्मा अर्यालले ति मतदान केन्द्रमा पुनः मातदान गराउनुपर्ने माग राखेकी छन् ।

स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेसबाट गोपालमान श्रेष्ठ र बाम गठबन्धनबाट एमाले नेतृ पद्मा अर्यालबीच प्रतिस्पर्धा भइरहेको छ । चापाकोट नगरपालिकाको सेखामा दुई मतदान केन्द्र र मल्यानकोटका दुई मतदान केन्द्रमा बुथ कब्जा भएको उजुरी निर्वाचन आयोगमा परेको छ ।

जनसक्रिय प्रावि, चितापोखरी र कालिका आधारभूत स्कूल तीनपिप्लेमा प्रहरी र निर्वाचन आयोगका कर्मचारीकै सामुन्ने कांग्रेस कार्यकर्ताले मतदाताको हातको मतपत्र खोसेर स्वस्तिक छाप लगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

 

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com