दैलेखमा मतदान स्थगित, यस्तो छ कारण

सिर्जना

दैलेख, २१ मंसिर । दैलखको नारायण नगरपालिका ४ महेन्द्र माध्यामिक विद्यालय सोत त्रिबेणी बुथमा मतदान केन्द्रमा मोवाइल प्रयोगको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । जसका कारण मतदान प्रकृया स्थगित भएको छ । विवाद उत्पन्न भएपछि मतदान केहीबेरका लागि स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

दलका प्रतिनिधिहरुले मोवाइल प्रयोग गर्न खोज्दा प्रहरीले रोकेपछि मतदान प्रक्रिया केहीबेरका लागि स्थगित भएको छ । दलीय सहमति जुटाउने प्रयास भइरहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

दलका प्रतिनिधिहरुले मतदान केन्द्र भित्र मोवाइल लैजान खोजेपछि विवाद बढेको थियो । मतदान सुरु गर्नका लागि सर्वपक्षीय सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com