झापाबाट काठमाडौं फर्केपछि ओलीले गरे मतदान (फोटोफिचर सहित)

लाइट नेपाल डटकम

काठमाण्डौ, २१ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले केहीवेर अघि मतदान गरेका छन् । निर्वाचनको समयमा आफ्नो निर्वाचन क्षेत्र झापा गएका कारण उनको मतदान ढिलो भएको हो । झापा बाट उम्मेदवार बनेका ओलीको मतदाता नामावली भने आफ्नो निवास् काठमाण्डौको बालकोटमा थियो ।

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले झापाबाट फर्किए पछि मात्र मतदानमा सहभागीता जनाएका छन् । उनले दिउँसो ४ बजे पछि मात्र मतदान गरेका छन् । उनले भक्तपुर सूर्यविनायक–२, बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गरेका छन् ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com