अन्नतः अमेरिकाले पनि पहिलो नेपाली पुस्तकालय पायो

कमल सरगम

नेपाली भाषी भूटानी युवा समाजसेवी, पत्रकार, तथा साहित्यकार राकेश काफ्लेको अभियानलार्इ पूर्णता दिदै भूटानी ढुकढुकी पुस्तकालय अमेरिकाको आइअोवा राज्यको सुन्दरनगरी डिमोएनमा स्थलगत र अन्लाइनमा गरी हजाराैंको संख्यामा उपस्थित रहेका नेपाली भाषा साहित्यप्रेमी महानुभावहरूको उपस्थितसहितको एक भव्य र सभ्य औपचारिका कार्यक्रमकाबिच उद्घाटन भएको छ । डायसपोरामा रहेका नेपाली भाषी भूटानीहरूमाझ सामाजिक पहिचान निर्माण, प्रतिभा विकाश तथा प्रवर्धन, र प्रतिनिधित्व साहितको भाषा साहित्य कला र संस्कृतिका पक्षमा एक दशकदेखि निरन्तर संघर्ष गरिरहेका युवा स्रष्टा राकेश काफ्लेको अग्रत्वमा सञ्चालनमा आएको भूटानी ढुकढुकी पुस्तकालयमा चारहजार बढी पुस्तकहरू संकलन भएका छन् । भूटानी ढुकढुकीको कार्यलयसँगै जोडेर अाइओवाको एउटा बेसमेन्टमा सञ्चालनमा ल्याइएको उक्त पुस्तकालयलार्इ अमेरिकामा भएका सबै नेपालीभाषीहरूको पहुचसम्म लाने योजनालार्इ सहयोग गर्ने समस्त सहयोगीहरूलार्इ अाभार गर्दै उद्घाटन समारोहमा बोल्दै पुस्तकालयका सञ्चालक राकेश काफ्ले थप सहयोगका निम्ति नेपाल, भारत, भूटान, अमेरिका र डायसपोरामा रहेका नेपाली भाषीहरूलार्इ आह्वान गर्नु भयो । अाज अपरान्ह शुरू भएको उक्तकार्यक्रममा अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली भाषीहरूको उपस्थिति रहेको जनाइएको छ । अमेरिकाको आइओवा राज्यमा दर्ता रहेको भूटानी ढुकढुकी कार्यक्रमका जेष्ठ सल्लाहकार बेल भट्टरार्इ क्षेत्रीको सभापतित्वमा सञ्चालन भएको उक्त उद्घाटन समारोमा विभिन्न बक्ताहरूले नेपाली भाषाप्रति गहिरो अास्था व्यक्त गर्दै नेपाली भाषा अध्यायन घर घरबाट शरू भएर नेपालीहरू पुगेका संसारभरिका देशहरूमा व्यपक रूपमा सञ्चालन गर्नु पर्ने जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथिका रूपमा बोल्दै इन्ट्रननेस्नल होमकेयर एलएलसीका कार्यकारी प्रमुश डिल्ली अधिकारीले नेपाली भाषाको आवश्यकताका विषयमा समाजस्तरमा बहस र छलफल हुन नसकेकोप्रति चिन्ता व्यक्ति गर्नु भयो । नयाँ पुस्तामा नेपाली समाजका पहिचान, र उन्नतिका सारा कुराहरू स्वभाषालेमात्र विकाश गर्ने तर्फ सचेत हुन र अनुपादक उपस्थित भन्दा पनि ठोस कार्यक्रमम तयार गर्नतिर अग्रसर हुन उहाँले समाजस्तरको नेतृत्वलार्इ आह्वान गर्नु भयो । सोही कार्यक्रममा अमेरिकाको आइओवा राज्यमा पुनरबासित भएर पहिलो गीति एल्बम प्रकाशन गरेका गीतकार टेकु क्षेत्रीलार्इ प्रोत्साहान सम्मान गरिएको थियो । दीप प्रज्वलन पछि वैदिक मंगलाचरण उठाउँदै आचार्य फाल्गुना पोखरेलले अमेरिकाका नेपालीहरूमाझ लोप हुँदै गरेको नेपाली भाषाको अध्यायन र अध्यापनमा व्यक्ति व्यक्ति, परिवार परिवार, र समाज समाज जुट्नु पर्नेमा जोड दिनु भयो । नेपाली भाषा, साहित्य, संस्कृति, र सामाजिक रूपान्तरणमा भाषाको महत्व अझ धेरै महशुष हुनु पर्नेमा कार्यक्रमका बक्ताहरूले भाषा अध्यायन कक्षा सञ्चालन र पुस्कतालयको महत्व र आवश्यकतमाथि चर्चापरिचर्चा गरेका थिए । भूटानी ढुकढुकीको फेसबुक पेजबाट लाइभ गरिएको उक्त कार्यक्रमलार्इ नेपाली भाषी भूटानी साहित्यकार पुरानाघरेले सञ्चालन गरेका थिए ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com