च्याम्पियन्स लिग : मोनाकोमाथि युभेन्टसको जित, हुगेनले गरे दुई गोल

लाइट नेपाल

काठमाडौँ , २१ बैशाख । च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनल खेलको पहिलो लिगमा गएराती भएको खेलमा इटालियन क्लब युभेन्टसले फ्रेन्च क्लब मोनाकोलाई २–० ले पराजित गरेको छ ।
गोन्जालो हुगेनको दुई गोलमा युभेन्टसले पहिलो लिगमा २(० को अग्रता लिदै च्याम्पियन्स लिगको फाइनलको यात्रा तय गर्ने सम्भावना बलियो बनाएको छ ।

हुगेनले खेलको २९औ र ५९औ मिनेटमा गोल गरेका थिए यी दुई टिमबीच सेमिफाइनलको रिटर्न लिग युभेन्टसको घरेलु मैदानमा अर्को हप्ता हुनेछ । हुगेनले पछिल्ला सात खेलपछि पहिलो पटक सेमिफाइनलमा युभेनता का लागि गोल गरेका छन् भने यस जितसँगै यस सिजनको च्याम्पियन्स लिगमा अहिले सम्म आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com