सुन किन्ने सोच छ ? आज घट्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?

लाइट नेपाल

साताको पाचौ दिन बिहिबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ । मंगलबार प्रति तोला ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा २ सयले घटेर प्रति तोला ५३ हजार ३ सयमा कारोबार भई रहेको छ ।

त्यस्तै चाँदी स्थिर रहदै प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचांदी व्यवसायी महासंघले आज प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४५ हजार ६ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३४ रुपैयाँ ५० पैसा कायम गरेको छ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com