अत्याधिक धेरै सेक्स गर्ने महिला बढी बुद्धिमानी !

लाइट नेपाल

एक नयाँ अध्ययनले महिलाहरुले अत्यधिक सेक्स गर्नाले उनीहरुको स्मरण शक्ति बढ्ने देखाएको छ । क्यानाडाको म्याकगिल युनिभर्सिटीको रिसर्चका अनुसार सेक्सले महिलाहरुमा शब्दहरु सम्झिने शक्तिमा वृद्धि हुने उल्लेख गरेको छ ।सो अध्ययनले पेनिस वजाइनल इन्टरकोस (पिविआइ) एक स्वस्थ युवा महिलाको स्मरण कार्य राम्रोसँग हुने देखिएको छ । यस अघि यहि किसिमको अध्ययन पशुमा गरिएको थियो र पछि यसलाई युवा महिला र खासगरी कलेजका विद्यार्थीहरुको बिचमा गरेको थियो ।

यस अध्ययनमा १८ देखि २९ बर्षका ७८ महिलाहरुको शब्द चयन र अनुहारको आधारमा कम्प्युटर मेमोरी प्रोग्राममा राखेर हेरिएको थियो ।जसबाट अधिक सेक्स गर्ने महिलाहरुमा शब्दलाई याद गर्ने क्षमाता बढी देखिएको थियो । सो अध्ययनमा महिलाहरुमा अधिक सेक्स दिमागको एक हिस्सा, स्मरण प्रकृया र शरीरको स्नायु प्रणालीको एक महत्वपूर्ण विषय भएको बताएको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com