चितवन समाज इजरायलको तेस्रो अधिबेसन सम्पन्न, सरिस्मा बरालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

लाइट नेपाल

इजरायल, २ जेठ । चितवन समाज इजरायलको बार्षिक तेश्रो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । रोजगारलगायत अन्य कामको शिलशिलामा इजरायलमा रहेका चितवनवासीहरुको एकतामा ‘चितवनको बिकास र सामाजिक भावना समाजको एकता र समृद्धिको चाहना’ भन्ने मुल नाराका साथ ४ बर्ष अघि स्थापना भएको चितवन समाज इजरायलको बार्षिक तेश्रो साधारण सभा तथा अधिवेशन १२ मे शुक्रवार २०१७ का दिन भएको थियो । इजरायलको महत्वपूर्ण पर्यटकिय स्थल गोलान हाइटमा अध्यक्ष शान्ता अधिकारी ज्ञवालीको सभापतित्वमा महाधिवेशन भब्यताका साथ सम्पन्न भएको हो । सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथी चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष मुक्ती प्रसाद अधिकारी रहेका थिए भने प्रमुख आतिथ्य तथा प्रबासी नेपाली नागरिक समाज इजरायलका संस्थापक अध्यक्ष तथा संरक्षक गीतकार नवराज खड्काको बिशेष आतिथ्य रहेको थियो ।


कार्यक्रममा इजरायल स्थित विभिन्न संघसस्थाका प्रतिनिधि बुद्धिजीवी, पत्रकार, समाजसेवि, चितवनबासी तथा गैर चितवनबासीहरुको बाक्लो उपस्थितिमा रहेको थियो । ‘परदेशको बसाई अनि कामको व्यस्तताको कारण समय अभाव हुँदा सो अधिबेशनमा कार्यसमितीलाई पुर्णता दिन नसक्दा उक्त दिन चितवन समाज इजरायलका उपाध्यक्ष सरिस्मा बराल (उमा) लाई सर्वसम्मतिले अध्यक्ष चयन गरी निजको संयोजकत्वमा संस्थाको पहिलो बैठकले पदाधिकारी तथा सदस्यहरुको पद र जिम्मेवारी बांडफांड गर्ने गरी निर्वाचन समितिले निर्णय गरेको छ’, समाजको विज्ञप्तिमा छ ।
संस्थाको सो निर्णयलाई उक्त अधिबेशनका सहभागीले ताली बजाएर अनुमोदन गरेका थिए । चितवन समाज इजरायलका महासचिव नयन सापकोटा (रामु)ले संचालन गरेको उक्त कार्यक्रममा प्रमुख अथिति मुक्ती प्रसाद अधिकारीले पानसमा बत्ती बालेर उक्त सभाको उद्घाटन गरेका थिए भने राष्ट्रिय गान लगत्तै उपाध्यक्ष सरिस्मा बरालले सम्पुर्ण अतिथि तथा उपस्थित महानुभावहरुलाई मन्तव्यले स्वागत गरेकी थिइन । चितवन समाज इजरायलले बिगत केही बर्ष देखि चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितीसंग आबद्ध रहि मानवीय कार्यमा सहयोग पुर्याएर चितवन जिल्लाको बिकासमा समेत अतुलनीय योगदान गर्दै आइरहेको चर्चा गर्दै प्रमुख अथिति एबम केन्द्रिय अध्यक्ष अधिकारीले चितवन समाज इजरायललाई हार्दिक धन्यवाद ब्यक्त गरे ।


विशेष अथिति प्रबासी नेपाली नागरिक समाज इजरायल का संस्थापक अध्यक्ष तथा संरक्षक गीतकार नवराज खड्काले आफ्नो मन्तव्यमा छोटो समयमा नै चितवन समाज इजरायलले विभिन्न रोगबाट ग्रसित दीनदुखी तथा दैवी प्रकोपबाट पिडित नेपालीहरु अनि असहाय वालवालिकाहरुलाई चितवन समाज इजरायलले गरेको सहयोगलाई मुक्त कण्ठले प्रशंशा गर्दै चितवन समाज इजरायललाई हार्दिक धन्यवाद दिंदै आगामी दिनहरुमा परोपकारी कार्य अझ तीव्र र उल्लेखनिय हुन सकोस् भन्ने शुभकामना दिंदै चयन हुन लागेको नयाँ कार्यसमितीलाई शुभकामना तथा बधाई ज्ञापन गरे ।


संस्थाको प्रगति विवरण तथा आर्थिक विवरण महासचिव नयन सापकोटाले प्रस्तुत गरेका थिए । सो अधिबेशनमा संस्थाका बिधानको केही प्रावधानहरु लाई पनि उक्त भेलाले संसोधन गरेको छ। ‘चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समितिको समितिको माताहातमा रहेर बिश्वभरीका चितवन समाजको छापमा एकरुपता ल्याउने उदेश्य अनुरुप गोलाकारमा रातो रङको घेराभित्र बिश्वमान चित्र र चितवनलाई झल्काउने एकसिङे गैंडा रहने निर्णय गर्यो’, समाजको विज्ञप्तिमा छ ।
त्यसैगरी अधिबेशनको निर्णय अनुसार मे १५ आइतवार २०१७ का दिन अध्यक्ष सरिस्मा बराल उमाको अध्यक्षतामा बसेको संस्थाको पहिलो बैठकले पदाधिकारी सहित २६ सदस्यीय कार्यसमिती गठन गरेको छ ।
नवगठित  कार्यसमिति :
१,अध्यक्ष- सरिस्मा बराल ( उमा )
२, वरिष्ठ उपाध्यक्ष- प्रभा घिमिरे
३, प्रथम उपाध्यक्ष-चन्द्र प्रकाश ढकाल
४, दितिय उपाध्यक्ष- निलम भुसाल
५, तृतीय उपाध्यक्ष- प्रभा पौडेल शर्मा
६, महासचिव- चिरञ्जीवी मिश्र
७, सचिव- गौरी शर्मा
८, सह-सचीव- सबिशा थापा
९, कोषाध्यक्ष- रमा पौडेल
१०, सह-कोषाध्यक्ष- गायत्री ढकाल
त्यस्तै गरि सदस्यहरु
११, दिना न्यौपाने
१२, कमला गुरुङ
१३, सम्झना पन्त
१४, नमुना पौडेल
१५, कमल गुरुङ
१६, जिना सिंह
१७, सरस्वती बानियाँ
१८, सीता अधिकारी
१९, मोहन बस्नेत
२०, खिला थापा
२१, सरु तिमिल्सिना
२२, लक्ष्मी बराल
२३, देवि पौडेल
२४, दमन्ती पुन
त्यसैगरी संस्थाका निबर्तमान अध्यक्ष श्रीमती शान्ता अधिकारी ज्ञवाली सस्थाको संरक्षक सर्बसम्मत चयन भएकी छन् । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष शान्ता अधिकारी ज्ञवालीले चितवन समाज इजरायललाई सहयोग पुर्याउने प्रबास संयोजक समीर खत्रीलगायत विभिन्न देशमा रहेका चितवनबासिहरुको साझा संस्था चितवन समाजलाई धन्यवाद तथा हार्दिक कृतज्ञता ब्यक्त गर्दै चितवन समाज इजरायलबाट काम गर्दै जादा कमिकमजोरि भएको भए क्षमाप्रार्थी भन्दै नयाँ आउने कार्यसमितीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै सभा बिसर्जन गरिन । यस्तै निर्वाचन समितिले नयाँ कार्य समितिको निर्णय सुनाएर भेलाबाट अनुमोदन गराएको थियो ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com