कुपोषणको शिकार भएकी छोरीलाई बचाउन बाबुले गरे यस्तो आब्हान्

Maheshwar123

काठमाडौं,४ जेठ । आफूले खाइ -नखाई हुर्काएका सन्तान जब आफ्नै अगाडी अशक्त भएर हस्पिटलको बेडमा छटपटाइरहदा  कुन अभिभाबकको मन नरोला र ? अझ त्यसमाथि उपचार गर्ने रकमको अभावमा उपचार नपाई आफ्नै आँखा अगाडी छटपटाइरहेको सन्तान् देख्दा कुन आमाबाबाको मन थामिन सक्ला ?  हो यस्तै बज्रपात परेको छ  सोलु बतासे नेचाका इमान सिहं राइलाई । जो आफै शारीरिक रुपमा अशक्त छन् यसैमाथी उनको ७ बर्षीय छोरी सुष्मा राई चरम कुपोषणबाट शिकार भई उपचार गर्ने रकमको अभाबमा बिगत केही साता देखी काठमाडौंको बसुन्धारामा रहेको चिरायु हस्पिटलमा छटपटाइरहेकी छिन् । आर्थिक अबस्था निकै दयनीय रहेका राई परिवार अहिले सहयोगी हातहरुको पर्खाइमा छन् ।बिरामीका अभिभाबकले यदि कसैले सहयोग गरिदिए छोरीले नया जीवन पाउने थिइन् भन्दै सहयोगको अपिलका साथ सहयोग गर्न चाहने मनकारीहरुका लागी सम्पर्क नं ९८६१०९३३७१ दिएका छन् ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com