पुतलीबजार नगरपालिकाको मेयरमा जित्दै सीमा क्षेत्री बनिन देशकै दोश्रो नगरपालिका महिला प्रमुख, उपमेयरमा पनि एमाले नै

लाइट नेपाल

वालिङ, ५ जेठ । स्याङ्जाको पुतलीबजार नगरपालिकाको प्रमुख पदमा महिला उम्मेदवार विजयी हुनुभएको छ । गएराति सम्पन्न मतगणनाबाट नेकपा ९एमाले०बाट उम्मेदवारी दिनुभएकी सीमा क्षेत्री कुल १० हजार २४९ मत ल्याई विजयी हुनुभएको हो । क्षेत्रीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलसीराम रेग्मीले नौ हजार २९ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, उपप्रमुख पदमा पनि नेकपा ९एमाले०कै महेश पुरी १० हजार ३८८ मतसहित विजयी हुनुभयो भने नेकाकी हिरादेवी शर्माले आठ हजार ४४४ मत ल्याउनुभएको थियो ।जम्मा १४ वटा वडा रहेको पुतलीबजार नगरपालिकाको १० वटा वडामा नेकपा (एमाले) र चारवटा वडामा नेका विजयी भएको हो । पुतलीबजारको मतगणना सकिएसँगै स्याङ्जा जिल्लाका सबै ११ वटै स्थानीय तहको नतिजा आइसकेको छ ।

 

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com